Connect with us
Kapilvast Forest

२९ अङ्कले बढेपछि नेप्सेमा फेरि अर्को कीर्तिमान

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

nepse high

काठमाडौं– शेयर बजार काराेबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएकाे आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।

आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मल्टिपर्पोज फाइनान्स, खानी खोला हाइड्रो, युनाइटेड मर्दी हाइड्रो, नेपाल हाइड्रो, सिनर्जी पावर, जोशी पावर, घलेम्दी हाइड्रो, हिमालय ऊर्जा विकास कम्पनी, युनिभर्सल पावर र जानकी फाइनान्स गरी १० कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि सर्पोट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu