Connect with us
Kapilvast Forest

अब्दुल बेपत्ता भएको ४ दिन, ४ जना पक्राउ

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीका ५७ बर्षिय अब्दुल हुसेन मुसलमान (छोटकाउ) बेपत्ता भएको आज ४ दिन भएको छ । आइतबार विहान मुसलमान घरायसी कामले गाउँ नजिकै गएका थिए ।

घरबाट निस्केका ३ दिन वितिसक्दा घर नआएपछि मुसलमानको परिवारले खोजिनिधी गर्न थाले । खैरी गाउँ नजिकै पुर्वपश्चिम राजमार्ग छेउमै अब्दुलको चप्पल भेटिएको छ ।

चप्पल भेटिएको ठाउँमा अब्दुल घरबाट निस्केकै दिन कार दुर्घटना भएको थियो । लु १ ज ३३१३ नम्बरको कार दुर्घटना भएकै ठाउँमा अब्दुलको चप्पल भेटिएपछि स्थानीय संसाकित भएका छन ।

कार दुर्घटना भएपछि घटना भएको स्थानमा स्थानीयलाई जानकारी नदिई एकाविहानै कारलाई त्यहाबाट हटाइएको थियो ।
कार दुर्घटनाको विषय स्थानीयलाई जानकारी नै नदिई मर्मतको लागि सोही दिन बिहानै बुटवल पठाइएपछि स्थानीय आक्रोशित भएका छन ।

स्थानीयको रोहबार विना कार दुर्घटना स्थलबाट हटाएपछि कार चालक र कारमा बसेकाले नै अब्दुललाई दुर्घटना गरी मारेर कतै फालेको अब्दुलकी श्रीमती रुफेदा खातुनले आरोप लगाउनु भयो ।

अब्दुललाई खोजी कार्य गर्नका लागि उनकी श्रीमती रुफेदा खातुनले वडा प्रहरी कार्यालय चन्द्रौटामा निबेदन समेत दिएको स्थानीय रहिश शाहले जानकारी दिनुभयो ।

कार चालक र कारमा सवार रहेका चार जनाले नै अब्दुललाई मारेर गायब गरेको आरोप लगाउदै चारजना विरुद्ध वडामा उजुरी समेत परेको छ ।

वडा प्रहरी कार्यलय चन्द्रौटाले कार चालक विरु कुवँर सहित चार जना पक्राउ गरेको प्रहरी निरीक्षक शकंर प्रसाद आचार्यले जानकारी दिनुभयो ।

अब्दुलको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक आचार्यले बताउनु भयो ।
अब्दुललाई कहिँकतै फेलापारे वा देखि नजिकैको प्रहरी कार्यालय वा मोबाइल नं ९८५७०१४९५० रहिश शाह, ९८५७०१४५८६ जैस मोहम्मद (कल्लु) र ९८२१५२५१११ मा सम्पर्क गर्न स्थानीयले अनुरोध गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu