Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

काठमाडाैं-मन्त्रिमण्डलमा भागवण्डा मिलेपनि विस्तार हुन ढिलाइ भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा मन्त्रिमण्डल विस्तारका बारेमा कुराकानी भएको बुझिएको छ ।मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।

जनता समाजवादी पार्टीको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दवाव गठबन्धनमा देउवालाई छ। तर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन देउवालाई सकस परिरहेको छ।देउवाले आफ्नै पार्टी भित्रबाट पनि कसकसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu