Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ । नेता माधव नेपाल समूहसँग सहमतिका लागि लामो समयदेखि बैठक बस्न सकेको छैन ।

आजको बैठकमा पार्टीभित्रको विवाद र एकता प्रयासका लागि भइरहेको पहलका विषयमा पनि छलफल हुनेछ । एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै भदौ १५ गतेभित्र सबै पालिकामा अधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu