Connect with us
Kapilvast Forest

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा गुरूङ निर्वाचित

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नन्द गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरूङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत मात्रै पाए।

यस्तै महासचिवमा राजुबाबु अधिकारी ७८१५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी अच्युत शर्मा थपलियाले ४५७३ मत मात्र पाए। यस्तै सचिवमा सन्ध्या शाह विजयी भइन्। उनले ८१२२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तीर्थराज कार्कीले ४४३३ मत पाए।

कोषाध्यक्षमा अनिल पोखरेल निर्विरोध चयन हुँदा सह-कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भए। उनले ७६८३ मत ल्याउँदा उनका प्रतिस्पर्धी करणकुरमा यादवले ४३५२ मत पाए।

यस्तै, युवा संयोजकमा बबिन मिश्र विजयी भए। उनले ७८६६ मतका पाउँदा उनका प्रतिस्पर्धी प्रसाईं (म्याक्स) ले ४४७५ मत ल्याए। यस्तै महिला संयोजकमा मञ्जु खड्का विजयी भइन्। उनले ७८६४ मत पाउँदा उनकी प्रतिश्पर्धी मोनी लिम्बुले ४८७७ मत पाइन्।

यस्तै एनसीसी उपाध्यक्ष तथा अस्ट्रेलियन क्यापिटल क्षेत्रको संयोजकमा अशोक बस्नेत विजयी भए। उनले ७५४ मत पाउँदा अभिशेक उप्रेतीले ३४५ मत मात्र पाए।

यस्तै न्यू साउथ वेल्सको संयोजकमा देवबहादुर गुरूङ विजयी भए। उनले २९१८ मत पाउँदा प्रतिज्ञा अधिकारीले १९७८ मत पाए। नर्दन क्षेत्रको संयोजकमा विष्णु चापागाईं ६१४ मत सहित विजयी भए।क्विन्सल्याण्डको संयोजकमा विनोद भक्त आचार्य, दक्षिण अष्ट्रेलियाको संयोजकमा रेनुका लामा र तास्मानियाको संयोजकमा राकेश शाक्य विजयी भए।

यस्तै, भिक्टोरियाको संयोजकमा हरि खड्का र पश्चिम अष्ट्रेलियाको संयोजकमा दीपक बस्नेत निर्विरोध चयन भएका छन् । यी संयोजकहरु सबै एनसीसी उपाध्यक्षसमेत हुन्।

कुल १५ हजार २ सय ९८ मतदाता रहेको एनआरएन अष्ट्रेलियामा १४ हजार २ सय १३ जनाले मतदान गरेका थिए। १०८५ जना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ। पहिलो पटक अनलाईनमार्फत मतदान भएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu