Connect with us
Kapilvast Forest

कर्णालीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

 

सुर्खेत-कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार मध्यान्न् १२ बजेतिर कैलालीको मौहन्याल गाउँपालिका र सुुर्खेतको चौकुुने गाउँपालिकामा पर्ने कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुुँदा तीन जना बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार मौहन्याल गाउँपालिकाबाट चौकुुने गाउँपालिकामा खोप लगाउने आउने क्रममा डुङ्गा दुुर्घटना भएको हो । डुङ्गामा दश जना सवार रहेका थिए । कार्यालयका डिएसपी रामप्रसाद घर्तीले दश जना मध्य सात जना शकुल रहेको जानकारी दिनुभयो ।

उहाँले दुुई जना महिला र एक जना बच्चा वेपत्ता भएको बताउनुभयो । डुङ्गामा सवार सबै मौहन्याल गाउँपालिकाका स्थानीय हुन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

घटनास्थलमा सुर्खेत र कैलालीतर्फका प्रहरी पुुगिसकेको उहाँको भनाई छ । चौकुने गाउँपालिका नजिक भएकाले धेरै जसो सेवासुविधाका लागि त्यहाँका बासिन्दा चौकुुने गाउँपालिकामा आउँने गर्छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu