Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठकमा वामदेव पनि सहभागी

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुन्छ । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी हुनुभउको थिएन ।हिजोको लागि बोलाइएको बैठक पार्टी एकताको पहलका लागि भन्दै विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् ।आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu