Connect with us
Kapilvast Forest

माधव नेपाललाई लाल गद्दार भन्दै गृहजिल्लामा जनप्रदर्शन

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उहाँकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ ।शनिवार काठमाडौंमा माधव नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो ।

वेथितिका विरुद्ध लड्न र समाजवाद स्थापनाका लागि संघर्षका लागि नवगठित वामपन्थी संगठन आईटी आर्मीले माधव नेपाल लाल गद्दार रहेको भन्दै २५ हजारभन्दा बढी मोटरसाईकलसहित जनप्रदर्शन गरेको छ ।

दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको मतले निर्वाचित भएर प्रतिक्रियावादीको चरणमा पुगेर देउवालाई प्रधानमन्त्री बनाएकोले उहाँलाई रौतहटमा लाल गद्दारको संज्ञा दिएर विरोध प्रदर्शन गरिएको हो ।

साथै देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउनु पनि आईटी आर्मीको मोटरसाइकल र्‍यालीको उद्देश्य रहेको छ ।

रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए ।

त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए ।

मोटरसाइकल र्‍याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरुको सहभागिता राष्ट्रिय संयोजक चन्द्र भुषण साहले जानकारी दिनुभयो ।

र्‍यालीमा सहभागीहरुले ‘लाल गद्दार माधव नेपाल मुर्दावाद’ ‘माधव नेपाल लाल गद्दार’ ‘लाल गद्दार होसियार’ ‘भ्रष्टचारी होसियार, लुटआतङ्क बन्द गर’ जस्ता नारा लगाउदै जिल्ला परिक्रमा गरेका थिए । मोटरसाइकल र्‍यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साहलगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu