Connect with us
Kapilvast Forest

युथ फोर्स र साइबर सेना ‘अवैधानिक’

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो ।

एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे रातोपाटीमा प्रकाशित समाचार पढेपछि नेकपा एमालेका एक नेताले भने, ‘यस्ता सङ्गठनहरू विधानविपरीत छन् र यसले वैचारिक–राजनीतिक विषयलाई छायामा पारेर जनतामा पार्टीलाई बदनाम बनाउने काम गर्दछ ।’

त्यसो त ५ महिनाअघि महेश बस्नेतले साइबर सेना बनाउँदा र त्यसपछि युथ फोर्स बनाउँदा केपी ओली पक्षकै अर्का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि सार्वजनिक रूपमै विरोध जनाएका थिए ।

त्यसबेला बाँस्कोटाले ट्विटमार्फत साइबर सेनाको विरोध गर्दै भनेका थिए, ‘म राज्यको सेनामाथि विश्वास गर्छु, अरू कुनै नाम वा प्रकारको सेनामाथि होइन ।…. ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा होइन, सम्पूर्ण जनताको विवेकमाथि भरपर्छ ।’

ओली पक्षका अर्का एक केन्द्रीय नेताका अनुसार आगामी केन्द्रीय कमिटीको बैठकमा युथ फोर्स र साइबर सेनाको वैधानिकताबारे केही नेताले प्रश्न उठाउने तयारी गरेका छन् । यसबारे भदौमा हुने विधान महाधिवेशनमा प्रश्न उठाउने र विधानले नचिन्ने मोर्चा खारेजीका माग गर्ने ओली पक्षकै केही नेताहरूको तयारी रहेको बुझिएको छ ।

पछिल्लो समय एमालेका विभिन्न समूहमा फोर्सहरू गठन गर्ने होडबाजी नै चलेको छ । महेश बस्नेतले युथ फोर्स र साइबर सेना बनाएका छन् भने माधव नेपाल पक्षले अखिल फोर्स बनाएको छ । एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता प्रभु साहले ‘आइटी आर्मी’ गठन गरेर रौतहटमा मोटर साइकल र्‍याली नै निकालिसकेका छन् ।

महेश बस्नेतले विधान विपरीत युथ फोर्स बनाएको भन्दै आपत्ति जनाउने ओली समूहका एमाले नेताको भनाइ छ, ‘युथ फोर्स भनेको विगतमा माओवादीले बनाएर वाइसिएल र काँग्रेसले कम्युनिस्टलाई पिट्न बनाएको तरुण दलकै सिको हो, एमालेले यस्तो कार्यलाई प्रोत्साहन गर्न हुँदैन, यस्ता फोर्स र सेनाहरू बन्द गर्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu