Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश:पदमुक्त सांसदले मन्त्री पदबाट राजिनामा नदिने

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

karnali-pardes.jpg

सुर्खेत – कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् ।सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् ।

गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारजना सांसदलाई पदमुक्त गरेको थियो ।

त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले ज्वाला बाहेकलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीको पद जोगाइदिएका तीन सांसदले भने जेठ ५ गते सांसदका रुपमा सथप खाएका थिए भने सांसदबाट मुक्त भएपछि जेठ १५ गते नागरिकको हैसियतमा सपथ लिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu