Connect with us
Kapilvast Forest

काठमाण्डौ उपत्यकाका सम्पदा क्षेत्र खतरामुक्त सूचीमा

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

काठमाडौं – विश्व सम्पदामा सूचीकृत काठमाण्डौ उपत्यकाका सम्पदालाई खतराको सूचीबाट हटाइएकोे छ । युनेस्कोको विश्व सम्पदा समितिका १४ देशको अडानका कारण खतराको सूचीबाट हटाइएको हो ।

युनेस्कोले सन् २०१५ देखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । भूकम्पलगत्तै काठमाण्डौ उपत्यकाका सम्पदा खतराको सूचीमा परेका थिए । समितिको बैठकमा चीनसहितका १४ देशले खतराको सूचीमा रहेका उपत्यकाको सम्पदा पुर्ननिर्माण सन्तोषजनक देखिएकाले खतराको सूचीबाट हटाउनुपर्ने भनाइ राखेका पुरातत्व विभागले जनाएको छ ।

भूकम्पपछिको पुर्ननिर्माणका कारण नेपालको सम्पदा क्षेत्रको भौतिक प्रगति सन्तोषजनक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu