Connect with us
Kapilvast Forest

माधव पक्षको केन्द्रीय समिति बैठक स्थगित

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल(झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक बिहीबार बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेपाललाई बैठक रोक्न आग्रह गर्दै अ आउनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षले समर्थन गरेको छ । देउवाले नेपाल पक्षलाई सरकारमा समेत सहभागी गराउने प्रयास गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu