Connect with us
Kapilvast Forest

माधव नेपाल पक्षको आज केन्द्रीय समिति बैठक, ओलीको आपत्ति

२०७८, २१ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी बैठक बिहीबार बोलाइएको छ । बुधबार नै बस्ने भनिए पनि केन्द्रीय सदस्यहरु राजधानी उपत्यका रहेकाले बिहीबार बैठक बस्दैछ ।

बैठक बिहीबार बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बोलाइएको छ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र शीर्ष नेताहरुले राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्य तालिका छ ।

यो बैठकप्रति अध्यक्ष केपी शर्मा ओलीले ध्यानाकर्षण भएको जनाउनु भएको छ ।केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बैठक राखिएकोमा आपत्ति जनाउनु भएको छ । पार्टी विधान, संविधान र प्रचलित ऐन विपरीत गतिविधि गरिएकोमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu