Connect with us
Kapilvast Forest

कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु भेटिन्छन् :वाईसीएल अध्यक्ष

२०७८, २१ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प छैनन् भन्ने बुझाइबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

वाईसीएल अध्यक्ष सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो वक्तव्य दिदै मुुलुकलाई एक होइन हजार कुलमान चाहिएको र अवसर दियो भने त्यस्तो व्यक्ति भेटिने धारणा व्यक्त गर्नु भएको छ ।

सापकोटाले भन्नुभएको छ , ‘कुलमान घिसिङको नियुक्तिप्रक्रियादेखि आजसम्म उहाँको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ। हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई ल्याउने चर्चा चलिरहेका बेला सापकोटाले अरुलाई अवसर दिएर कुलमान बन्ने मौका दिइनुपर्ने बताउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu