Connect with us
Kapilvast Forest

विशेष महाधिवेशनको प्रस्ताव छोटो समयका लागि मात्रै हो: पौडेल

२०७८, २१ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकता जोगाउन आफूले छोटो समयका लागि मात्रै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेको बताउनुभएको छ ।

क्रियाशील सदस्यताको विवाद मिलाउन समय लाग्ने देखिएपछि यस्तो प्रस्ताव अघि सारेको भन्दै उहाँले १३औं महाधिवेशनका प्रतिनिधिबाट ६र८ महिनाका लागि मात्रै तदर्थ समिति बनाउन सकिने जनाउनुभयो ।

पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै मैले भनेको हो । पार्टीको वैधानिकता जोखिममा पारेर अन्य विकल्पमा म्याद थप्ने काममा हाम्रो समर्थन हुनेछैन,’ पौडेलले भन्नुभयो , ‘क्रियाशील सदस्यताको विवाद मिलाउन समय लागेकाले त्यतिन्जेलका लागि अस्थायी प्रबन्ध गरेर पार्टीलाई जोगाऊँ भन्ने हाम्रो विचार हो ।’

कांग्रेस नेता अर्जुननरसिंह केसीले यस्तो अभ्यास कांग्रेसमा यसअघि पनि भएको जनाउँदै दुई वर्षका लागि विशेष महाधिवेशन गर्न सकिने बताउँदै आउनुभएको थियो । विशेष महाधिवेशनको विकल्प केसीले केही महिनाअघिदेखि नै अघि सार्दै आउनुभएको हो । पहिला पौडेलले मान्नुभएको थिएन । तर सदस्यता विवाद लम्बिँदै महाधिवेशन गर्न नसकिने परिस्थिति बनेपछि उहाँले बुधबार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो प्रस्ताव गर्नु भएको हो ।

देउवाले विशेष महाधिवेशनको विकल्पमा जान नसकिने बताउँदै तोकिएकै मितिमा महाधिवेशन हुने अडान राख्दै आउनुभको छ । संस्थापनपक्षीय एक नेताका अनुसार अन्य विकल्पबाट महाधिवेशनको समय केही महिना बढाउन तयार भए पनि देउवा विशेष महाधिवेशनको पक्षमा भने हुनुन्न ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu