एमाले बनेका जनप्रतिनिधिलाई पुनर्वहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन
काठमाडौं- नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष प्रचण्ड भ्याकेटमा जानुभएको छ ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर,उपमेयर,गाउँपालिकाका पदाधिकारीहरुलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
पदमुक्त भएका जनप्रतिनिधिहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको थियो ।
प्रचण्डको भ्याकेट निवेदनमाथि आज आनन्दमोहन भट्टराई,बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह,कटहरीयाका मेयर सियराम कुशवाह लगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले हुनुभएको थियो ।उहाँहरु सबैलाई अदालतले पुनर्वहालीइ गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि प्रचण्ड जानुभएको हो ।