Connect with us
Kapilvast Forest

प्यूठानमा चितुवाको छालासहित ३ जना पक्राउ

२०७८, २१ श्रावण बिहीबारमा प्रकाशित

 

सलिम अन्सारी,प्यूठान – प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुलाबाट चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । जिल्लाको बाग्दुला स्थित एक होटलमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार राती चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्यूठान – १ बस्ने २९ बर्षीया अविनास पुन, सरूमारानी – १ बाङ्गेसाल बस्ने ३२ बर्षीया छबिलाल परियार र दाङको राजपुर गाउँपालिका -१ बस्ने २८ बर्षीया ईन्द्र बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको छ । लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu