Connect with us
Kapilvast Forest

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

govinda kc

 

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गर्नु भउको छ । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा। केसीको आरोप छ ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै डा। केसीले कोरोना महामारीका बेला कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प नभएको बताउनुभउको हो ।

 

स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभइ अरु दसौं वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ । यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ, डा। केसीको विज्ञप्तिमा भनिएको छ ।

उहाँले आगामी दिनमा व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

यसका साथै आफूहरुसँग यसअघि भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न समेत उहाँले माग गर्नु भएको छ । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न उहाँको माग छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu