Connect with us
Kapilvast Forest

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

 

तनहुँ – ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुईजनाको परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ। वडा नम्बर ७ की ५० वर्षीया देवीसरा थापा र वडा नम्बर ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो।

दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारका तर्फबाट जनही दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेका छन्। सो क्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए।

उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले सडकमा पुर्‍याएको क्षतिको समेत अवलोकन गरेका छन्। बाढीपहिरोले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

बाढीपहिरोले उक्त गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ। घर क्षति भएकालाई पुनर्स्थापनाका लागि प्रतिघर चार लाख रुपैयाँ उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu