Connect with us
Kapilvast Forest

प्रदेश-२ सरकारद्वारा छात्रालाई साइकल वितरण कार्य स्थगित

२०७८, २४ श्रावण आईतवारमा प्रकाशित

जनकपुरधाम- प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य स्थगित गरेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।

अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो कार्य स्थगित गरिएको सूचनामा जनाइएको छ ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश-२ सरकारले सामुदायिक विद्यालयको कक्षा-८ मा अध्ययन गर्ने छात्रालाई साइकल बितरण गर्दै आएको थियो ।

प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको बीमा गर्ने कार्य शुरु गरेपनि पछिल्लो बर्षदेखि यो कार्य पनि बन्द भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu