कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण
काठमाडौं – कमेडी च्याम्पियनका प्रतिस्पर्धी कमेडियन भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको हो। अघिल्लो हप्ताको बुधबार उहाँमा कोरोनाको लक्षण देखिएको थियो। स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको उहाँले जानकारी दिनु भयो । म अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु। स्वास्थ्य अवस्था ठिक छ उहाँले भन्नुभयो ।
कोरोनाका संक्रमणका कारण उहाँ च्याम्पियनको उत्कृष्ट ७ को प्रतिस्पर्धामा देखिनुभएको थियो । कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुने गरेको छ। पौडेलको प्रस्तुती शुक्रबार परे पनि संक्रमणका कारण उहाँले प्रस्तुती दिन सक्नुभएन । उहाँले यसअघि गरेका प्रस्तुती प्रशारण गरिएको थियो।अहिले चलिरहेको कमेडी च्याम्पियन(२ मा भरतमणिको प्रस्तुतिलाई दर्शकले खुबै मन पराएका छन्।