Connect with us
Kapilvast Forest

एक हप्तादेखि बेनी–जोमसोम सडक अवरुद्ध

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

बेनी- हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड पछिल्लो एक हप्ता देखि अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका विग्रेको सडक स्थानियले मर्मतमा अवरोध गरेका कारण सडक खुलाउन सकिएको थिएन । शुक्रबार म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि, सुरक्षा समिति लगायत स्थानीय बिच भएको सर्वपक्षीय छलफल पछि सडक खुलाउने सहमती भएको छ । गत १६ गते अबरुद्ध भएको सडक १७ गते आइतबार केही बेर सञ्चालनमा आए पछि पुनः अवरुद्ध भएको थियो ।

म्याग्दी र मुस्ताङका सुरक्षा समिति, कालिगण्डकी करिडोर सडकका टिम, अहिलेका लागि अस्थायी रुपमा यातायात सुचारु राख्ने सहमती भएपछि शुक्रबार देखि नै सडक मर्मत शुरु भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो –सडकको अवस्था नै कमजोर भएको कारण सडक सुचारु गर्न समस्या भएको हो । मुस्ताङका सुरक्षा समिति एवम् म्याग्दीका सुरक्षा समिति जनप्रतिनिधिलगायको टोलीले स्थलगत निरिक्षण पछि सडक खुलाउन निर्देशन दिइएको प्रजिअ अधिकारीले बताउनुभयो ।

शुक्रबार बेलुका देखि ग्याभिन भर्ने तथा सडक भत्कीएकोमा मर्मतको काम भै रहेकोले शनिबार बेलुका सम्ममा सडक सञ्चालन गर्ने गरि काम गर्न निर्देशन दिइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

कालिगण्डकी करिडोर सडक आयोजना अन्तरगतको अप्ठेरो स्थान मध्येको काभ्रे पनि एक भएकोले नयाँ डिजाइन गरेर अर्को विकल्प के हुन सक्छ भन्ने अध्ययन गर्दैै रहेको जानकारी कालिगण्डकी करिडोर सडक आयोजनाले दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्ला भित्र तथा जिल्ला बाहिरबाट मुस्ताङ प्रवेश गर्ने यात्रुबाहक सवारीलाई साउन महिना भर नै रोक लगाइएकोले अहिले यात्रुहरु अलपत्र परेको भन्ने जानकारी नभए पनि खाद्यान्न तथा निर्माण सामग्री बोकेर आउने ट्रक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

गएको वैशाखदेखि जोमसोम–पोखरा हवाइ यातायात बन्द भएको समयमा एकमात्रै मार्ग बेनी–जोमसोम अबरुद्ध हुँदा जिल्लाका बिरामीहरु अन्यत्र पठाउन पर्ने भएमा निकै कठिनाई आएको छ । मुस्ताङका प्रदेश सभा सांसद महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन तथा स्थानिय तहका अध्यक्षहरु समेत निरीक्षणकालागि पुग्नु भएको थियो ।

अहिले मुस्ताङबाट बेनीतर्फ आउँदै गरेका गाडीहरु घाँसामा रोकिएको र बेनी तर्फबाट मुस्ताङ जाने मालबहाक गाडीहरु दानामा रोकिएको अन्नपुर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । शेरचनका अनुसार मुस्ताङका लागि जाँदै गरेको ताजा तरकारी तथा मासु सडेर नष्ट भएको छ भने अन्य खाद्यान्नका चालक तथा सहचालकलाई पनि खान बस्नको समेत सास्ती भएको छ । लामो समय सम्म सडक खुलाउन नसकिँदा लाखौं मूल्य पर्ने ताजा तरकारी तथा मासुको परिकार नष्ट भएको शेरचनको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu