Connect with us
Kapilvast Forest

एसईईको नतिजा सार्वजनिक

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्ग बहादुर अर्यालका अनुसार शनिवार अपराह्न नतिजा प्रकाशित गरिएको हो।

 

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

त्यसै गरी साउन अन्तिमदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिएको कक्षा १२ को परीक्षा भने अनिश्चित समयसम्मको लागि स्थगित गरिएको छ। यसअघि पनि स्थगित गरिएको सो परीक्षा स्वास्थ्य मन्त्रालयको अनुरोध पछि फेरी स्थगित भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu