मेरो भूमिका संविधानले नै तोकेको छ : प्रदेश प्रमुख शेरचन
बुटवल – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आफू संविधानको रक्षक भएको बताउनु भएको छद । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफू कुनै पक्षको नभएको बताउँदै भन्नु भयो ‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन ।’
विपक्षी दलका नेताहरु संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरु गरिदिन आफूकहाँ आएको तर आफूले नगरेको प्रदेश प्रमुख शेरचनले बताउनु भयो ।
आफूले यस विषयमा मुख्यमन्त्रीसँग झन्डै डेढ घन्टा छलफल गरेको उहाँको भनाइ छ ।प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि संविधान अनुसार नै विशेष अधिवेशन आह्वान गरिएको उनले बताए ।