Connect with us
Kapilvast Forest

ओली सरकारले गरेका संवैधानिक नियुक्ति संविधानसम्मत छ: प्रधानन्यायाधीश

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा आइतबार लिखित जवाफ पेस गर्दै खारेजीको माग गरेका हुन्।

संवैधानिक परिषद्को सदस्यसमेत रहेका सापकोटाले आफूलाई जानकारी नगराई अध्यादेश जारी गरी संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै २०७७ माघ २३ मा रिट दर्ता गरेका थिए। रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बनेको नयाँ सरकारले उक्त अध्यादेश खारेज गरिसकेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कायविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो। अध्यादेशमा टेकेर संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो। सापकोटाले सोही अध्यादेश र त्यसका आधारमा भएका निर्णयविरुद्ध रिट दर्ता गरेका हुन्।

प्रधानन्यायाधीश जबराले आइतबार महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा लिखित जवाफ पेस गरेका हुन्। अध्यादेश जारी गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको उनले उल्लेख गरेका छन्। ‘राष्ट्रपतिद्वारा जारी अध्यादेश खारेज वा निष्क्रिय नभएसम्म र अदालतबाट बदर नगरिएसम्म सबैले पालना गर्नुपर्छ’, जवाफमा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेशसम्बन्धमा निवेदकले उठाएका विषयमा संघीय संसद्ले विचार गर्नसक्ने र आवश्यक निर्णय दिनसक्ने हुँदा संविधानसम्मत जारी भएको अध्यादेशबमोजिम गरिएको कामलाई गैरसंवैधानिक भयो भनी लिएको दाबी मनासिब छैन।’

२०७७ मंसिर ३० मा बसेको संवैधानिक परिषद् बैठकमा गणपूरक संख्या पुगेको, उपस्थित सबैको सर्वसम्मतिबाट निर्णय भएको हुँदा बैठकलाई अवैध भन्न नमिल्ने प्रधानन्यायाधीशको जवाफमा उल्लेख छ। संसदीय सुनुवाइ नगरी संवैधानिक  परिषद्का अल्पमत सदस्यले गरेको नियुक्तिको सिफारिस बदरको माग सभामुखले गरेका छन्। रिट निवेदन दर्ता हुने समयमा विभिन्न संवैधानिक आयोगमा ३२ जनाको नियुक्ति र सपथ भइसकेको थियो। सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्, तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश जबरा, परिषद्का सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विभिन्न आयोगमा नियुक्त गरिएका व्यक्ति र संस्था गरी ३९ जनालाई विपक्षी बनाएका छन्। २०७७ पुस ३० को संवैधानिक परिषद् बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने निवेदनमा दाबी छ। नागरिक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu