Connect with us
Kapilvast Forest

एमाले विवाद मिलाउन राष्ट्रपतिलाई अनुरोध

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौं – एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गरिदिन आग्रह गरिएको छ ।एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गरिदिन आग्रह गर्नु भएको हो । उहाँले राष्ट्रपतिसँग करिब तीन घण्टा कुरा गर्नु भएको थियो ।

स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्तावसमेत अस्वीकार गर्ने परिस्थिति बनेको गुनासो गर्नु भएको थियो ।

पार्टी बचाउने जिम्मेवारी सबैको हो त्यसका लागि तपाईं (भण्डारी) ले मध्यस्थको भुमिका निर्वाह गर्नुस् । माधव नेपालको पनि प्रतिष्ठा कायम रहोस् ।

‘माधव नेपाल पार्टी बाहिर रहे कम्युनिष्ट आन्दोलनलाई घाटा हुन्छ’, रावलको भनाइ उद्धत गर्दै उहाँ निकट एक नेताले भन्नु भयो । ती नेताका अनुसार नेकपा एमाले टुक्रिए वाम आन्दोलन छिन्नभिन्न हुनेमा राष्ट्रपति भण्डारी र रावल सहमत हुनु भएको थियो ।

‘कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादीसमेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्याएको विषयमा समेत चर्चा भएको थियो’ , स्रोतले भन्यो ।भेटमा राष्ट्रपति भण्डारीले पनि रावललाई पार्टी एकताका पक्षमा निरन्तर प्रयास गर्न आग्रह गर्नु भएको थियो । नागरिक

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu