कृषि मन्त्रालयको सचिवमा शर्मा
काठमाडौँ-सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा।गोबिन्दप्रसाद शर्मालाई बढुवा गरेको छ।कृषि तथा वन सेवातर्फका सह–सचिव शर्मालाई वरिष्ठताका आधारमा सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। कृषि विभागको महानिर्देशकमा कार्यरत शर्मा मन्त्रालयका वरिष्ठ सह–सचिव हो ।
लोक सेवा आयोगले वरिष्ठताका आधारमा शर्मासहित तीन जना सह–सचिवलाई सचिव पदका लागि सिफारिस गरेको थियो। शर्मा एक नम्बरमा सिफारिस हुनु भएको थियो ।
विभागको महानिर्देशक हुनु अघि शर्मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ को सचिव हुनुन््रथ्यो । कृषि सचिव योगेन्द्रकुमार कार्की अवकास भएपछि मन्त्रालयमा सचिव पद खाली थियो।