Connect with us
Kapilvast Forest

रुकुम पूर्वमा एक साता निषेधाज्ञा थप

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

rukum-kot.jpg

रुकुम-रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ ।डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे सकिएको हो ।

जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनु भयो ।

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएको छ । पछिल्लो समय निषेधाज्ञालाई निरन्तरता दिइए पनि पहिलेको भन्दा केही खुकुलो भएको छ ।

बजारहरु र सार्वजनिक स्थलहरुमा सर्वसाधारणको भिडभाड बढ्दै गएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना कम गर्दा कोरोना संक्रमितको संख्यामा समेत बृद्धि भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu