Connect with us
Kapilvast Forest

एसिड बेच्नेलाई सजाय नगरेकामा पीडितको आपत्ति

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

acide attack

 जनकपुरधाम -आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदालतले सफाइ दिएपछि आक्रोशित बन्नुभएको छ ।

जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको हो । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ ।

अदालतको फैसलाविरुद्ध आरतीले मंगलबार अदालत पुगेर आपत्ति जनाउनुभएको हो । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएको भनेर उहाँले अदालतमै आक्रोश पोखेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ ।

‘अदालतमा हल्ला गर्न पाइँदैन भनेर उहाँलाई प्रहरी कार्यालय लिएर आएका हौं’ धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भन्नुभयो । आरतीलाई सम्झाई बुझाई छाडिदिने बस्नेतले बताउनुभयो ।

अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै आरती आक्रोशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाइ दिन लगाएको आरोप लगाउनुभएको छ ।

आरतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्व सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गरानुभएको थियो ।

२०७७ कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu