शिवराजमा बालश्रम न्युनीकरणकालागि अन्तरक्रिया
चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा बालश्रम न्युनीकरणका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका तिन वटा स्थानिय तहका इर्टा भट्टामा काम गर्ने बालबालिको तथ्याङ्क अनुसार बालश्रम न्युनीकरण गर्नका लागी संचार माध्यमको भुमिका के भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।
इटा भट्टामा गरिएको सर्वेक्षण अनुसार स्थानिय संचार माध्यम रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका, लगाएका का सामाजिक संजालबाट बालश्रम न्युनिकरण का सुचना प्रसारण तथा प्रकाशित गरि जनस्तरमा सचेतना फैलाउने अध्यक्ष मिना परियारले बताउनु भयो ।इटा भट्टामा अदृश्य रुपमा हुने गरेको बालश्रम अब अन्त्य गर्नकालागि सबै सगँ सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष परियारले बताउनुभएको छ ।
तिन पालिकामा भएका इटाभट्टा,होटेल,रेष्टुरेन्ट,कलकारखाना,किराना पसल लगाएत बालश्रम हुने सम्पुर्ण क्षेत्रमा अनुगमन गरि बालश्रम न्युनिकरण गर्ने परियारले बताउनु भयो ।बालश्रम न्युकरण का लागी सरकारले गुरुयोजना तयार गरेको तर कार्यन्वयन हुन नसकेको अध्यक्ष परियारले बताउनुभयो ।