Connect with us
Kapilvast Forest

परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौं -त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।

‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै नाराबाजी गरिरहेकालाई नियन्त्रणमा लिएर दिनभर नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ । धेरै भीडभाड हुने भएकाले परीक्षा रोक्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रेका थिए ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका विद्यार्थीको परीक्षा केन्द्र तोकिएको छ । त्रिभुवन विश्वविद्यालयले तालिका आइसकेको भदौ ५ गतेसम्मको परीक्षा स्थगित नगर्ने निर्णय यसअघि नै सुनाइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu