Connect with us
Kapilvast Forest

पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो पाउने

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

एजेन्सी– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग आवद्ध हुनु भएको छ । मेस्सी र क्लबबीच दुई वर्षको सम्झौताको हस्ताक्षर भएको छ।

क्लब र मेस्सीबीच हालका लागि दुई वर्षे सम्झौतामा सहमति भएको हो । सम्झौता अनुसार मेस्सीले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक प्राप्त गर्नुहुने छ ।

हाल फुटबल क्लबमा उत्कृष्ट खेलाडीको सुचीमा पर्ने नेयमार, एम्बाप्पेसँग अब मेस्सी पनि सामेल भएपछि विश्वका सबै ध्यान पीएसजीतर्फ तानिएको छ।

मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ। ३४ वर्षीय मेस्सीलाई बार्सिलोनाले लालिगाको आर्थिक नियमको आधारमा सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको हो।

१३ वर्षको उमेरदेखि बार्सिलोनामा खेलेका मेस्सीले ६ पटक विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डिओर जित्नु भएको छ । क्लबका लागि उनले ३५ ट्रफी जिताउनु भएको थियो । बार्सिलोनामा रहँदा मेस्सीले सात सय ७८ खेलमा ६ सय ७२ गोल गर्नु भएको थियो ।

पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउनुहने छ । मेस्सीले यसअघि १० नम्वर जर्सी लगाउने गरेका थिए। पीएसजीको रंगशालामा हजारौं समर्थकले उहाँको स्वागत भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu