Connect with us
Kapilvast Forest

आज नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् । दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu