Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसका नेता गगन थापा मेलम्चीमा

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

मेलम्ची– नेपाली कांग्रेसका प्रभावशालि नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथाङ पहिरोको अवलोकन गर्नु भएको छ ।थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरिक्षण गर्नु भएको हो ।

मेलम्चीमा निरिक्षण गर्दै थापाले बाढी प्रभावितको समस्या समाधानका लागि आफुले पहल गर्ने आश्वसन दिनुभयो ।नेत थापाले तत्काल नदी तटबन्ध गर्ने, पुल निमार्ण गर्ने, टुटेका सडक सञ्जाल निमार्णको लागि आफूले पहल गर्ने बताउनु भयो ।उहाँले भ्रेमाथाङको पहिरोको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको यथेस्ट विवरण आउने समेत जानकारी दिनुभयो ।

अघिल्ले सरकारले घोषणा गरेको तत्कालको लागि ५० हजार र घर बनाउनका लागि दिइने ४ लाख पिडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्री समेत रहेका थापाले त्यो छिट्टै नै कार्यान्वय भएर आउने दाबी गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu