Connect with us
Kapilvast Forest

आज रातीदेखि सवारीसाधन सञ्चालनमा रोक

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं – कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।

कार्यालयले मंगलबार जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर आजदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने उल्लेख छ ।अत्यावश्यकबाहेक अन्य सवारीहरु बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको छ ।

तर सोही आदेशमा सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ ।यस्तै सात बजे अगाडि नै व्यपार व्यवसाय बन्द गरिसक्नुपर्ने लगायतका अन्य मापदण्डहरु यथावत राखिएका छन् । पछिल्लो समय काठमाडौंमा दैनिक १ हजारदेखि २ हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu