जनप्रतिनिधिहरुको सम्पत्ति छनबिन गर्न एमाले सांसदको माग
काठमाडौं – नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गर्नु भएको छ ।
।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गर्नु भएको छ
उहाँले भन्नुभयो , ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल(टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’