प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात
काठमाडौं -इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३(० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गर्नु भयो । स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । खेलको ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाउनु भयो ।
त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३(० को सहज जित दिलाउनु भयो । जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ।अर्को खेलमा लेष्टर सिटीले उल्भ्सलाई १(० गोल अन्तरले हरायो। यस्तै गएराति नै भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३(० गोल अन्तरले पराजित गर्यो।