Connect with us
Kapilvast Forest

क्रिकेट विकासमा सरकारको साथ रहने छ:प्रधानमन्त्री देउवा

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेटको विकासमा सरकारको साथ रहने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट सन्यास लिएर क्रिकेटको विकासका लागि क्यानमा आउने योजनामा रहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्कासँगको भेटमा प्रधानमन्त्री देउवाले सरकारको पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभएको हो ।

सरकारी निवास बालुवाटारमा भएको भेटमा देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र नेपालीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिनुभएको थियो ।

साथै नेपाल र नेपालीको शिर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता हासिल गर्न सुभकामना दिँदै देउवाले भन्नुभयो , ‘सरकारको साथ र सहयोग सधैं रहने छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu