निजी क्षेत्रलाई शंकाको दृष्टिले हेरिएको देशमा लगानी बढेको छैन: गोल्छा
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार अघि बढ्नुपर्ने बताउनु भएको छ । निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्दा मुलुकमा लगानीमा समस्या आउने गरेको उहाँले बताउनु भयो ।
कान्तिपुर इकोनमिक समिट, २०२१ को अर्थतन्त्रको उपचारु विषयक छलफका क्रममा अध्यक्ष गोल्छाले भन्नु भयो ुनिजी क्षेत्रलाई शंकाको दृष्टिकोणले हेरिएको देशमा लगानी बढेको छैन ।
निजी क्षेत्र नाफामुखी नै रहने कुरालाई राजनीतिक नेतृत्वले बुझ्न नसकेको गोल्छाको भनाइ थियो । यस्तो कुनै सरकार आएको छैन जसले निजी क्षेत्रसँग सहकार्यको कुरा गरेको छैन । तर, जब निजी क्षेत्रको पक्षमा कुरा गर्नुपर्छ तब सबैजना अलिकति पछाडि हट्छन्, उहाँले भन्नु भयो यो व्यापार व्यवसायको कुरा गर्ने हो भने हामी अनपपुलरु भइन्छ कि भन्ने लागेको धेरै पटक देखेका छौं ।
जुन देशमा निजी क्षेत्रलाई सम्मान गरिएको छ, प्रोत्साहन गरिएको छ ती देशमा अर्थतन्त्र राम्रोसँग अगाडि बढेको तर जुन देशमा शंकाको दृष्टि लगाइएको छ त्यहाँ अर्थतन्त्रमा समस्या आएको उहाँको भनाइ थियो ।व्यापार घाटा बढेर जानु, रोजगारी सिर्जना नहुनु र उत्पादन हुन नसक्नु वर्तमानमा मुलुकको सबैभन्दा ठूलो समस्या रहेको अध्यक्ष गोल्छाको बुझाइ छ ।
निजी क्षेत्रले नाफा नै खोज्ने र त्यसमा सरकारको सहयोग रहेमा व्यापार घाटा कम हुने, रोजगारी सिर्जना हुने र उत्पादन बढ्ने उनको भनाइ थियो । अरु कुनै ठाउँको निजी क्षेत्रजस्तै हामी पनि नाफामूलक छौं । नाफा नराम्रो शब्द होइन । नाफा भएमात्रै रोजगारी हुन सक्छ । व्यापारिक घाटा कम हुन सक्छ । नाफा राम्रो हो भन्ने धारणा हामीले राख्नुपर्छ । नाफा भएपछि कर पनि आउँछ उहाँले भन्नु भयो ।
नेपालमा उत्पादन गरेर नाफामा जाने सम्भावना धेरै कम रहेको र त्यसका कारण लगानीमा पनि समस्या आउने गरेको गोल्छाले बताउनु भयो ।
नेपालको निजी क्षेत्रले उत्पादन क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यति गरिरहेको छैन,नाफा गर्नुलाई गलत रूपमा बुझ्नुको परिणामबारे उहाँले भन्नु भयो जबसम्म उत्पादन क्षेत्रमा कस्ट अफ डुइङ बिजनेसु, इज अफ डुइङ बिजनेसु घट्न सक्दैन तबसम्म उत्पादन क्षेत्रमा लगानी बढ्दैन । हाम्रो प्रयास कसरी उत्पादन क्षेत्रलाई अझ बढी लगानी गर्नका लागि प्रोत्साहन गर्ने भन्ने हो ।निजी क्षेत्रलाई दोष मात्रै दिएर लगानी बढ्न सम्भव नभएको अध्यक्ष गोल्छाले बताउनु भयो ।