Connect with us
Kapilvast Forest

साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

प्रतिनिधि मुलक तस्विर

 

काठमाडौं – प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे ।सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गर्नु भएको थियो । त्यही गोल टोनहमलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यसै सिजन सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले सिटीको लागि पहिलो रोजाइमा खेल्नु भएको थियो ।तर टोटनहमका मुख्य फरवार्ड ह्यारी केन भने सिटीविरुद्ध खेल्ने टिममै रहनुभएको थिएन ।

टोटनहमले तीन अंक जोड्दा सिटीले भने हारबाट लिग सुरुआत गरेको छ ।टोटनहमका नयाँ प्रशिक्षक नुनो एसपिरितो सान्तोको लागि सुदख सुरुआत भएको छ ।आइतबारै भएको अर्को खेलमा वेष्टहमले न्युकासललाई ४-२ ले पराजित गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu