Connect with us
Kapilvast Forest

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो ।

बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे ।

एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । गएराति भएका खेलमा क्याडिज र लेभान्टे तथा मलोर्का र रियल बेटिसले एक/एक गोलको बराबरी तथा ओसासुना र इस्पान्योलले गोलरहित बराबरी खेलेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu