राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।मंगलबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शितलनिवास पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास जानुभएको जानकारी दिनुभयो ।अहिले प्रधानमन्त्री देउवा शितल निवासमै हुनुहुन्छ । प्रधानमन्त्री देउवा प्रदेश प्रमुखको शपथ ग्रहणको लागि शितल निवस जानुभएको हो,’ उहाँले भन्नुभयो ।
आजै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।