Connect with us
Kapilvast Forest

माधव नेपालले नयाँ पार्टी खोल्ने, चुनावमा ओलीसँग तालमेल गर्ने

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

madhav nepal

 

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने औपचारिक घोषणा गर्नुभएको छ ।यसअघि नयाँ पार्टी निर्माणका लागि आन्तरिक गृहकार्य गरिरहे पनि नेता नेपालले आज त्यसको औपचारिक घोषणा गर्नुभएको हो । केपी ओलीसँग मिलेर बस्न नसकिने निष्कर्ष सुनाउँदै उहाँले अब पार्टीलाई पुनर्गठन गरिने बताउनुभयो ।

सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरे पनि अहंकारको घोडामा सवार ओलीका कारण सफल नभएको बताउनुभयो ।

त्यसकारण अब पार्टीको पुनर्गठन गर्नुपर्ने बाध्यता आइलागेको र यो कार्यमा उत्साहका साथ खटिन उहाँले नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

नयाँ पार्टी निर्माण गरेर अघि बढे पनि एकताको ढोका भने सधैँ खुला नै रहने उहाँले बताउनुभयो । केपी ओली सुध्रेर आए आफूहरु एकताका लागि आज, भोलि र पर्सी पनि तयार रहेको नेता नेपालले बताउनुभयो ।

गल्ती स्वीकार गरेर आए एकता वा चुनावमा तालमेल गरेर पनि जान सकिने उहाँले बताउनुभयो । अहिले नयाँ दल दर्ता गरे पनि तत्कालै अरु पार्टीसँग एकीकरण नगर्ने नेता नेपालले बताउनुभयो ।

यता दल विभाजन गर्न खुकुलो हुने गरी अध्यादेश ल्याउने सरकारको निर्णयको सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट विरोध भएको छ ।एमालेको माधव समूह र जसपाको महन्थ ठाकुर समूहलाई सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउन थालेपछि सरकारको नेतृत्व गरेको दलभित्रैबाट विरोध भएको हो ।

अध्यादेशबाट शासन चलाउने शैलीको समर्थन गर्न नसकिने भन्दै कांग्रेस नेताहरु डा. शेखर कोइराला र प्रदीप पौडेलले आपत्ति जनाएका छन् । उनीहरुले यो अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गरेका छन् ।

तर कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता डा. प्रकाशशरण महतले सरकारको स्थायीत्वका लागि अध्यादेश ल्याइएको बताउनुभयो ।विगतमा ओली सरकारले अध्यादेश ल्याउँदा र अहिले देउवा सरकारले अध्यादेश ल्याउँदा परिस्थिति फरक रहेकोले विरोध गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो ।

यसैबीच नेकपा एमालेको ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले कारबाही थालेको हो ।तर वरिष्ठ नेता माधव नेपालले कारबाहीले केही फरक नपार्ने जवाफ फर्काउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu