दल विभाजन सम्बन्धी अध्यादेश विरुद्ध अनेरास्ववियु कपिलवस्तुले प्रदर्शन गर्ने
कपिलवस्तु-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुले दल विभाजन सम्बन्धी अध्यादेशको विरुद्द आज दिउसो ३ बजे गोरुसिङेमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
देउवा सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएसँगै अनेरास्ववियुका केन्द्रिय सदस्य बिकास आचार्यले अध्यादेश ल्याई राजनीतिक अस्थिरता पैदा गर्न खोजेको भन्दै प्रतिगामी कदमका विरुद्दमा बिरोध कार्यक्रमका आयोजना गर्न लागिएको आचार्यले जानकारी दिनुभयो ।
आज देशैभर युवा संघ र अनेरास्ववियुले अध्यादेश चाइदैन पार्टि फुटाउन पांइदैन भन्दै बिरोधका कार्यक्रममा जुटेका छन ।युवा संघ र अनेरास्ववियुको केन्द्रिय सर्कुलर अनुसार बिरोध कार्यक्रम राखिएको युवा सघ केन्द्रिय सद्स्य गोपाल मणि ज्ञवाली र अनेरास्ववियु केन्द्रिय सदस्य बिकास आचार्य ले जिल्ला स्तरीय बिरोध कार्यक्रम गोरुसिङेमा हुने जानकारी गराउनुभएको हो ।