ओलीकै शैलीमा निजी निवास फर्किए निवर्तमान मुख्यमन्त्री पौडेल
काठमाडौं -बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका डोरमणि पौडेल निजी निवास फर्किनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाउनुभएको छ ।
एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद लगायतका नारा लगाएका छन् ।नेता कार्यकर्ताहरुले निवर्तमान मुख्यमन्त्रीलाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।