Connect with us
Kapilvast Forest

शिवराजका अस्पताललाई स्वाथ्य सामाग्री र हात धुने ट्याङ्की हस्तान्त्रण

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु जिल्लाको शिवराजमा ५ चन्द्रौटामा रहेको संजीवनी सामुदायिक अस्पतालमा हुने हात धुने ट्याङ्की राखिएको छ ।कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दैसाझा प्रयास अभियान कपिलवस्तुले अस्पतालमा हात धुने ट्याङ्की र र शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा पिसिआर टेष्ट गर्दा डेलिभरी गर्ने भाँडा (भिटिएम) २०० पिस हस्तान्तरण गरेको छ ।

साझा प्रयास अभियान शिवराज नगर संयोजक महादेव पोखरेलले संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टोपलाल पोखरेललाई हात धुने ट्याङ्की हस्तान्तरण गर्नुभएको थियोे । अस्पतालका अध्यक्ष पोखरेलले यस्ता सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वव्यापी महामारी बनिरहेको कोविड–१९ (कोरोना भाइरस)बाट आफूलाई जोगाउन समय–समयमा हात धुनु पर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले अस्पतालमा साबुनपानी सहित हात धुने ट्याङ्की हस्तान्त्रण गरीएको साझा प्रयास अभियान शिवराज नगर संयोजक महादेव पोखरेलले बताउनुभयो ।

सो कार्यक्रममा संजीवनी सामुदायिक अस्पतालका डाक्टर घनश्याम पान्डे ,डाक्टर महेश गुप्ता ,नेपाली काङ्ग्रेस शिवराज नगर सभापति मधुसुधन पोखरेल ,अस्पताल ब्यवस्थापक वाई पी पौडेल ,नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडे ,चेम्बर अफ कमर्स कपिलवस्तुका बरिस्ठ उपाध्यक्ष जगत पौडेल लगायतको उपस्थितिमा सो ट्याङ्की हस्तान्तरण गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu