Connect with us
Kapilvast Forest

प्रदेश २मा ओली पक्षभन्दा नेपाल पक्ष बलियो

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-प्रदेश २ मा एमाले विभाजनपछि नेपाल पक्ष बलियो देखिएको छ । प्रदेश २ मा नेकपा एमालेभन्दा एमाले समाजवादी बलियो रहेको देखिएको छ । १ सय ७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १ सय ४ जना सदस्य छ ।

नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसमध्ये एमालेका २१ जना प्रदेशसभा सदस्य हुनुन्छ । यसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य हुनुन्छ भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य रहनुभएको छ ।

नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव हुनुन्छ ।

एमालेमा सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा। मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी रहनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu