Connect with us
Kapilvast Forest

ठाकुर पक्षले पनि टुंग्यायो नाम, लोसपा नेपाल प्रस्ताव 

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ।जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुर पक्षले २ भदौमा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेकाे थियाे। त्यहि नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर, निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएकाे जनाउँदै नयाँ नाम दिन सुझाएको थियो। त्यसपछि आज ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको हो।

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले नयाँ नाम टु‌ंगो लागेको बताए। “हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं,” भण्डारीले हिमालखबरसँग भने।

नयाँ नामसहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पनि नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरिसकेको छ। यसअघिको नाम नेकपा (एमाले)सँग मिल्दोजुल्दो भएपछि नयाँ नाम राखिएको हो।

थप सामग्री : https://www.himalkhabar.com/news/125519

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu