Connect with us
Kapilvast Forest

टोटनहम पोर्चुगज क्लब पाकोससँग पराजित

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौ – युइएफए कन्फेरेन्स लिग अन्तर्गत छनोटको प्लेअफमा इंग्लिस क्लब टोटनहम हट्सपर पोर्चुगिज क्लब पाकोस डे फरेरासँग १(० ले पराजित भएको छ ।यसै साता प्रिमियर लिगको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गरेको टोटनहमले दोस्रो रोजाइको टोली मैदान उतार्दा पाकोस फरेरासँग पराजत भयो । दोस्रो रोजाइको टोटनहमले पाकोस विरुद्ध गोलका लागि अवसर बनाउनै सकेन ।

पाकोसलाई घरेलु मैदानमा जित जदिलाउन लुकास शिल्भाले एक मात्र गोल गरे । उनले पहिलो हाफको अन्तिम समयमा नुनो सान्तोसको पासमा गोल गरे ।टोटेनहमले यसै सिजन अघि क्लब भित्रिएका विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनी लगायत खेलाडीलाई पहिलो रोजाइमा खेलाएको थियो ।

टोटनहमले अब कन्फेरेन्स लिग खेल्नका लागि दोस्रो लेगमा जित हात पार्नुपर्ने दबाब छ । दोस्रो लेग अगष्ट २६ मा टोटेनहमको मैदानमा हुनेछ । दुई लेगको खेलपछि समग्रमा विजेता हुने टोली युरोपा कन्फेरेन्स लिगको समूह चरणमा छनोट हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu