Connect with us
Kapilvast Forest

पोखरा रंगशालामा ‘फ्लड लाइट’ राखिने

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

pokhara_stadium_1_Gpy7JrSSDH

पोखरा -पोखरा फुटबल रंगशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ।अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरू गर्ने भएको हो।

रंगशालाको काम तीन वर्षअघिदेखि सुरू भएकामा हाल अन्तिम चरणमा पुगेको छ।रु एक अर्ब २८ करोड लागतमा निर्माण सुरू भइरहेको रंगशालामा सुरूआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन। अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रंगशालामा लाइट अनिवार्य छ।

पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रंगशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक-पटक राखेपको ध्यानाकर्षण गराएका थिए।क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले रु पाँच करोड बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरू हुने बताए।

रंगशालाको चारै कुनामा बत्ती राखिने छ।

उनले भने, ‘फिफाको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लाइट अनिवार्य छ, यस वर्ष सोका लागि राखेपको रातो किताबमा बजेट विनियोजन भएर आएको छ, यसै वर्ष काम हुन्छ।’जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरूङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताए।

साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले द्रुतगतिमा काम हुनुपर्ने उनी बताउँछन्।उनले भने, ‘फ्लड लाइट’ भएपछि रंगशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ।’

अन्तर्राष्ट्रिय फुटबल रंगशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ। सोह्र हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ।यसैगरी अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरूषोत्तम बरालले बताए।

रंगशालामा अहिले खेलाडी बस्ने कक्ष (प्लेयर बक्स),चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ।इञ्जिनियर बरालले भने, ‘आगामी अक्टोबरभित्रमा फुटबल रंगशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौं।’पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रंगशालाको प्यारापिट विसं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरू गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu